गलकोटमा धार्मिक महोत्सवबाट ३ करोड बढी रकम संकलन

गलकोटमा धार्मिक महोत्सवबाट ३ करोड बढी रकम संकलन

FB_IMG_1638855571818

बागलुङ । यहाँको लक्ष्मीनारायण मन्दिर एउटा निकै पुरानो धार्मिक स्थलको रुपमा परिचित छ । गलकोट नगरपालिका वडा नं ९ छिस दरबारामा रहेको उक्त मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास भईरहेको छ ।

मंसिर ६ गते देखि मन्दिरमा आयोजना गरिएको महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सोमबार सम्पन्न भएको छ ।

पञ्चकुण्डीय हवनात्मक साङ्ग श्री लक्ष्मीनारायण धार्मिक महोत्सव अवधिभर नगद रु ३ करोड ४८ लाख आर्थिक सहयोग संकलन गरिएको महोत्सव व्यवस्थापन समितिका कोषाध्यक्ष यज्ञप्रसाद सापकोटाले जानकारी दिए ।

१५ दिनसम्म सञ्चालित उक्त धार्मिक महोत्सवमा सुप्रसिद्ध कथा वाचिका यशोदा माता र युवा व्यास प्रखर भागवत वक्ता सुदर्शन रामानुजदास सन्तोषले श्रीमद्भागवत कथाको प्रवचन दिएका थिए । बाजागाजा, पञ्च कलश, शोभायात्रा सहित शुभारम्भ भएको धार्मिक महोत्सवमा सवा करोड दिप प्रज्वलन गरिएको थियो । सो अवसरमा प्रखर धर्म गुरुहरुको आतिथ्यता सँगै सन्तहरुको कुम्भ मेला गरिएको थियो । महोत्सव अवधिभर दैनिक भजन किर्तन, साँगतिक झाँकी सहितका साँस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरिएको महोत्सव मुल आयोजक समितीले जनाएको छ ।

नगद रु ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य अनुरुप धार्मिक महोत्सव सञ्चालन गरिएको थियो । महोत्सवलाई स्वदेश तथा विदेशबाट सहयोगदाताले उल्लेख्य सहयोग गरेका छन् ।

महोत्सवमा कलाकार, आर्थिक सहयोगदाता तथा विभिन्न क्षेत्रबाट महोत्सवलाई सफल पार्न सहयोगी भुमिका निर्वाह गर्नुहुने व्यक्तित्व एवं संघ संस्थालाई अभिनन्दन गरिएको थियो ।

मन्दिरलाई धार्मिक महोत्सवबाट संकलित रकम मार्फत लक्ष्मीनारायण मन्दिरको जीर्णोद्धार सँगै विविध सेवा सहितको प्रसिद्व दिव्यधाम निर्माण, गौशाला निर्माण, वृद्धा आश्रम, संस्कृत विद्यालय स्थापना, वेदशास्त्र समेतको सेवा गर्दै भगवानको पूर्ण आराधना गर्ने स्थलको रुपमा विकास गरिने उद्येश्य रहेको महोत्सव व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणी सापकोटाले जानकारी दिए ।

धार्मिक महोत्सवले लक्ष्मीनारायण मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न महत्वपुर्ण टेवा पुगेको अध्यक्ष सापकोटाको भनाई छ । यसले गलकोट नगरको धार्मिक पर्यटनमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सहयोग पुग्ने धार्मिक महोत्सव प्रचार प्रसार समितिका संयोजक मित्रलाल खरेलले बताए । वि.सं २०२५ माघ ७ मा प्राण प्रतिष्ठा सहित शुभारम्भ गरिएको सो मन्दिरमा वैदिक पाञ्चरात्र विधी अनुसार पूजा अर्चना हुँदै आएको छ ।

मन्दिरका पिठाधिस स्वामी जगन्नाथ आचार्यले विविध सेवा सहित दिव्यधाम निर्माणको लागि गुरुयोजना तयार गरि प्राविधिकहरुको सहयोगमा स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारबाट आर्थिक सहयोग लिई निर्माण कार्य अगाडि बढाईने मन्दिर व्यवस्थापन समितीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds