नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला

omicron

नेपालमा पहिलो पटक दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा दुई जनामा नयाँ भाइरस भेटिएको पुष्टि गरेको हो।  मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ओमिक्रोन पुष्टि भएको देश हुँदै नेपाल आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय वृद्धमा नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको हो।

उनीहरु दुवैले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।

हाल दुवै जनालाई स्वास्थ्यकर्मीको निगरानीमा तोकिएको मापदण्ड अनुसार आइसोलेसन कक्षमा राखी उपचार गरिएको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds