म्यानमारकी नेतृ सुकीलाई चार वर्ष जेल सजाय

म्यानमारकी नेतृ सुकीलाई चार वर्ष जेल सजाय

ang_sangsuki

काठमाडौँ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ ।

सोमबार एक अदालतले ७६ वर्षीया सुकीलाई सेनाविरुद्ध भडकाउ गतिविधि गरेको र कोभिड–१९ नियम उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।

उनीमाथि भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायतका आरोप लागेको छ ।

तर, सुकीले यो आरोपको खण्डन गर्दै आएकी छन् । यदि सुकीमाथि लागेका सबै आरोपमा अदालतले दोषी ठहर्याए उनलाई आजीवन कारावासको सजाय हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गएको फेब्रुअरी १ तारिखमा सत्ता हातमा लिँदै सुकीलाई सेनाले नजरबन्दमा राखेको थियो । त्यसयता म्यानमारमा सैन्य ’कु’ को विरोधमा प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमा सेनाले बल प्रयोग गर्दै आएको छ ।

विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १२ सय जनाभन्दा धेरै प्रदर्शनकारीको ज्यान गइसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ