भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ पुग्यो

भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ पुग्यो

Corona-wavee

काठमाडौँ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै १७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २१ पुगेको हो ।

ओमिक्रोनका नयाँ संक्रमित भेटिएपछि भारतमा संक्रमण महामारी रोक्नका लागि कडाइ गर्ने बिषयमा राज्य सरकार र भारतीय स्वास्थ्य मन्त्रालयबीच छलफल हुने भएको छ ।

गत नोभेम्बरको सुरुमा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्टको संक्रमण अन्य देशमा पनि देखिन थालेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds