पोखरा । कवि रामनाथ अधिकारी ‘संगी’ लाई पोखरामा अभिनन्दन गरिएको छ ।
महाकवि रामनाथ अधिकारी संगी नागरिक अभिनन्दन मूल समारोह समितिले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा कवि संगीलाई अभिनन्दन गरिएको हो ।
साथै कार्यक्रममा महाकवि रामनाथ अधिकारी संगी अभिनन्दनग्रन्थ पनि लोकार्पण गरिएको थियो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, गण्डकी प्रज्ञा प्रज्ञा प्रतिष्ठानका उपकुलपति सूर्य खड्का विखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति पद्यराज ढकाल, समारोह समितिका अध्यक्ष प्रा.डा. बलराम उपाध्याय रेग्मीले कवि संगीलाई अभिनन्दन एवं अभिनन्दनग्रन्थको लोकार्पण गरेका हुन् ।
यस्तै, श्रीपति कोइराला गुठ, गीजञ्जली साहित्य परिवार, माधव वियोगी वाङमय प्रतिष्ठान, विश्व हिन्दू महासंघ, राष्ट्रिय धर्मसभा नेपाल लगायतले संस्थागत रुपमा कवि संगीलाई अभिनन्दन गरेको थियो ।
उक्त अवसरमा बोल्दै सरुभक्तले संगी जत्तिको कविलाई आफूले अभिनन्दन गर्न पाउँदा निकै खुशी लागेको बताए । उनले रामनाथ साच्चिकै जनकवि भएको बताए ।
अभिनन्दनग्रन्थको समीक्षा गर्दै समालोचक डा. जगन्नाथ रेग्मीले संगी अन्तरदृष्टि भएको व्यक्तित्वका रुपमा चर्चा गरे ।
श्रष्टा परिचय दिंदै गीताञ्जली साहित्य परिवारका वरिष्ठ उपाध्यक्ष भानुभक्त भण्डारी क्षितिजले संगी अभिनन्दन गर्न योग्य सत्पात्र भएको बताए ।
समारोह समितिका अध्यक्ष डा. रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष केशवराज भण्डारीले स्वागत, सदस्य छन्दमणि त्रिपाठीले धन्यवाद ज्ञापन र सचिव असफल गौतमले सञ्चालन गरेका थिए ।
कास्कीको गोर्जेमा २००५ साल माघ महिनामा जन्मिएका कवि संगीद्धारा महाकाव्य, खण्डकाव्य, शोककाव्य, कविता संग्रह, उपन्यास लगायत गरि करिब तीन दर्जन कृति रचना भएका छन् ।
उनी करिब चार दर्जन बढी संघसंस्थाबाट सम्मानित भएका छन् । उनले शैक्षिक, सामाजिक, साहित्यिक र राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन