पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ बैदाममा अवस्थित तालबाराही माध्यमिक विद्यालयमा भुपु विधार्थी श्री कृष्ण पहारी र उनकी धर्मपत्नी सरु पहारीले आफ्ना बुवा रामजी प्रसादपहारी र आमा देवीपहारीको नाममा अक्षयकोष स्थापना गरेका छन् ।
आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीहरुको पढाइलाई सहयोग पु¥याउने उद्देश्यका साथ स्थानीय पहारी दम्पतीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको कोष स्थापना गरिदिएका हुन् । पहारीले आइतबार एक कार्यक्रमको आयोजना गरी बुवा रामजी प्रसाद पहारी र आमा देवी पहारीले चेक विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण न्यौपाने र विद्यालयका प्रधानध्यापक तारा प्रसाद पोखरेललाई सयुक्त रुपमा हस्तान्तरण गरेका थिए । अक्षयकोष दाता पहारीले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा खुशि लागेको बताए ।
उक्त अवसरमा श्री कृष्णका बुवा पहारीले कोषको रकम लक्षित विद्यार्थीको पठनपाठनमा सहयोगी बन्ने विश्वास व्यक्त गरे । ‘कोषको सही सदुपयोग हुनेमा विश्वस्त छौं’, उनले भने, ‘आर्थिक अभावमा कुनै पनि बालबालिका पढ्नबाट बन्चित हुनु नपरोस् भन्ने चाहनाले कोष स्थापना गरेका हौँ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण न्यौपानेले लक्षित विद्यार्थीको पठनपाठनमा सहयोग पुगे मात्र कोषको सार्थकता पूरा हुने बताए ।
विद्यालय प्रधानध्यापक तारा प्रसाद पोखरेलले कोषको रकम सदुपयोग गर्दै लक्षित विद्यार्थीमा पु¥याउने प्रतिबद्धता जनाए ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला