पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौरमा आयोजित निःशुल्क आँखा शिविरमा २९० जनाले सेवा लिएका छन् ।
पोखरा ५ स्थित स्वान्तसुखाय परोपकार प्रतिष्ठानले शनिबार पुरुन्चौरस्थित भारतीभवन स्कूलमा आँखा शिविर आयोजना गरेको थियो ।
हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरबाट १३ वर्षका बालकदेखि ८८ वर्षका वृद्धवृद्धाले पनि सेवा लिए ।
शिविरमा आँखा अस्पतालका नेत्र सहायक मिलन क्षेत्री, दीपा शाही, आस्तिका चौधरी, अशिम शाही र विशाल घर्तीले बिरामीका आँखा जाँच गरेका थिए ।
शिविरमा आएका आँखाका बिरामीलाई औषधि र चश्मा निःशुल्करुपमा वितरण गरिएको थियो ।
संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
अन्तरमनहरुको आनन्दका लागि परोपकार गरौं भन्ने मूल नाराका साथ २०७५ सालमा संस्था स्थापना भएको हो ।
संस्थामा हाल ९० जना आवद्ध छन् । संस्थाले आर्थिक अभावमा दाहसंस्कार गर्न कठिन हुनेहरुका लागि दाहसंस्कार खर्च व्यवस्थापन, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
यसैगरी अध्ययन गर्नबाट बञ्चित भएका र विद्यालय पढाइबाट छुटेका श्रमिकका बालबालिकालाई अध्ययनमा जोड्ने, मानव सेवा आश्रमसँगको सहकार्यमा घरबार विहीनहरुको व्यवस्थापन र बाढी पीडितहरुलाई सहयोग गर्दै आएको संस्थाका अध्यक्ष डा. श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन