पोखरा । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा रामचन्द्र पौडेल पक्षले वर्चश्व जमाएकाे छ । यहाँ पदाधिकारीका अधिकांश पदमा संस्थापन इतरका नेताहरु विजयी भए । गण्डकीको पदाधिकारीमा देउवा पक्षबाट उपसभापतिमा मेखलाल श्रेष्ठ मात्रै विजयी भए ।
शर्माले ६ सय १२ मत पाउँदा अर्जुन जोशीको ५ सय २८ मात्रै मत आयो । शर्माले ८४ मतान्तरले जिते । उपसभापतिमा दुइटै स्याङ्जाका उम्मेद्वार विजयी भए ।
संस्थापन पक्षबाट मेखलाल श्रेष्ठ र संस्थापन इतरबाट कल्पना तिवारी विजयी भए । संस्थापन पक्षकै नेत्र महत र संस्थापन इतरका हरिप्रसाद श्रेष्ठ पराजित भए । कल्पनाको ६ सय २४ र श्रेष्ठको ५ सय ५६ मत आएको छ ।
महामन्त्रीमा किरणबाबु श्रेष्ठले ५ सय ७३ मत सहित सबैभन्दा अगाडी हुँदा नवलपुरका विष्णु लामिछाने निकटमै रहेर विजयी भए । विष्णुले ५ सय ६७ मत पाए । संस्थापन पक्षका कुमार खड्काको ५ सय ५६ र इश्वर पाण्डेको ४ सय ५८ मत आयो ।
सहमहामन्त्री तर्फ महिलामा कोपीला रानाभाटले ५ सय ५२ मत सहित विजयी हुँदा निकटतम प्रतिश्पर्धी ओमकला गौतमको ५ सय १४ मत मात्रै छ । सहमहामन्त्रीकै खुलामा रमेश पाण्डे ६ सय १८ मत र दोश्रोमा रामचन्द्र जोशी ५ सय ६९ मत सहित विजयी भए भने निकटतम प्रतिश्पर्धी झुलबहादुर आलेले ४ सय ८८ र राजनराज पन्तले ४ सय ३१ मत पाएका छन् । स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका युवराज बस्ताकोटीको ९२ मत आयो । सदस्यहरुमा पनि पौडेल पक्षकै उम्मेद्वार अगाडि छन् ।
सम्बन्धित खबर
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो