भारतमा सेनाको कारबाहीमा कम्तिमा ११ जना सर्वसाधारणको मृत्यु

भारतमा सेनाको कारबाहीमा कम्तिमा ११ जना सर्वसाधारणको मृत्यु

goli

काठमाडौँ । भारतमा सुरक्षाकर्मीको गोली लागेर ११ जना सर्वसाधारणको मृत्यु भएको छ ।

नागाल्यान्डको ओटिङ इलाकामा शनिबार राति सेनाको कारबाहीमा उनीहरुको मृत्यु भएको हो । आधिकारिक रुपमा कति व्यक्तिको मृत्यु भएको छ भन्नबारे केही बताइएको छैन ।

समाचार एजेन्सी पीटीआईका अनुसार कम्तिमा ११ जनाको मृत्यु भएको बताइएको छ । नगा पीपल्स फ्रन्ट पार्टीकोे नेता तथा नागाल्यान्ड राज्यको पूर्व मुख्यमन्त्री टी.आर.जेलियांगले १३ जनाको मृत्यु भएको दाबी गरेका छन् ।

भारतीय सञ्चार माध्यमले असम राइफÞल्सका अधिकारीहरुको हवाला दिँदै उग्रवादीहरुमाथि कारबाही गर्दा सर्वसाधारण मारिएको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ