काठमाडौँ । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत शुक्रबार सार्वजनिक नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्घि (पूरक) परीक्षा दिन पाउने भएका हुन् ।
बोर्डले सूचना जारी गर्दै अन्य सबै विषयमा सी प्लस वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा सी वा डी प्लस ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त दुई वा ती मध्ये कुनै एक विषयमा ग्रेड वृद्घि परीक्षा दिनसक्ने जनाएको छ ।
अन्य सबै विषयमा डी प्लस वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा डी वा ई ग्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले उक्त दुई विषयमा ग्रेड वृद्घि परीक्षा दिन सक्ने जनाएको छ ।
दिउँसो ११ बजेदेखि दुई बजेसम्म सञ्चालन गर्ने भएको छ । रजिष्ट्रेसन नम्बरको सुरुको दुई अंक ७७ भएका र बोर्डको मापदण्ड पूरा गरेका परीक्षार्थीहरुलाई बढीमा दुई विषयमा मात्र ग्रेड वृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्थासहित ग्रेडवृद्धिको परीक्षा सञ्चालन गर्ने भएको हो ।
परीक्षामा सामेल हुन चाहने विद्यार्थीले सम्बन्धित विद्यालयका प्रधानाध्यापकबाट प्रमाणित गराई आगामी पुस १८ गतेभित्र आवेदन फारम भरिसक्नु पर्नेछ । विद्यार्थीले दोब्बर शुल्कसहित पुस २२ गते सम्ममा फारम विद्यालयमा बुझाउनु पर्ने बोर्डले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।
परीक्षा ११ बजेदेखि दुई बजेसम्म हुनेछ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो