आजदेखि बाघ गणना सुरु

आजदेखि बाघ गणना सुरु

tiger

काठमाडौँ । आज (आइतबार) देखि बाघ गणना सुरु हुँदैछ ।

बाघ गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट सुरु गरिने राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण बिभागले जनाएको छ ।

बाघ गणना योजनाको नाम राष्ट्रिय बाघ गणना २०२२ राखिएको छ ।

नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा छन् । बाघ गणनामा सरकार र सहयोगी संस्थाको ३ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यो गणनामा बाघको संख्या २ सय ५० को हाराहारीमा पुग्ने अपेक्षा गरिएको छ ।

पहिलो गणना १९९५ मा नेपालमा २१ बाघ रहेकोमा सन् २०१० मा बाघको संख्या १ सय ५० पुगेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds