राप्रपा अध्यक्षमा लिङ्देन विजयी, दुई सय मतले थापा पराजित

राप्रपा अध्यक्षमा लिङ्देन विजयी, दुई सय मतले थापा पराजित

Rajendra-lingden

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको चुनावमा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । तर औपचारिक घोषणा भने हुन बाँकी नै छ ।

लिङ्देनले १८ सय १७ मत पाएका छन् भने थापाले १६ सय १७ मत पाएका बुझिएको छ ।

गएराति अबेर सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ७३ जनाले मत खसालेका थिए । ४ हजार ३ सय ७९ महाधिवेशन प्रतिनिधि मध्ये ५०६ जनाले मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षमा कागजी मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा ८६ वटा विद्युतिय मेसिनबाट मतदान भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ