पोखरा । देशका धेरै स्थानमा आज (आइतबार)को मौसम सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल बंगालको खाडीमा रहेको चक्रवात जवाद कमजोर भइ निम्न चापिय प्रणालीको रुपमा रहेको छ साथै नेपालको पुर्वी भूभागमा यस प्रणालीको आंशिक प्रभाव रहेको छ ।
हाल देशको प्रदेश नं १ तथा अन्य प्रदेशहरुका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
आइतबार दिउँसो सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको ति प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, राती सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरु तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन