उपकप्तान सिता रानाले हङकङमा क्रिकेट खेल्ने

उपकप्तान सिता रानाले हङकङमा क्रिकेट खेल्ने

sita rana

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान सिता राना मगरले हङकङमा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन् ।

सिताले हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेस्नल– २०२२ खेल्ने भएकी हुन् ।

फेयर ब्रेक इन्भिटेस्नल– २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता प्राप्त महिला टी–ट्वान्टी प्रतियोगिता हो ।

यससँगै सिता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी समेत बनेकी छिन् ।

प्रतियोगिता आगामी वर्षको मे १ देखि १५ तारिखसम्म हङकङमा हुनेछ ।

प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ ।

भारतीय खेलाडी हर्मनप्रित कौर, पाकिस्तानकी सना मिर जस्ता खेलाडीहरुले सहभागिता जनाउनेछन् ।

क्रिकेटको माध्यमबाट लैङ्ङ्गिक समानता र महिलालाई समाजको मुलधारमा ल्याउने उदेश्यका साथ यस प्रतियोगिताको आयोजना हुँदैछ ।

प्रतियोगितामा सिताले कुन टिमबाट खेल्ने भन्ने अन्तिम निर्णय आयोजकले गर्ने बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ