ओमिक्रोन भाइरस बारेमा अनावश्यक हल्ला नफैलाउन डब्लुएचओको आग्रह

ओमिक्रोन भाइरस बारेमा अनावश्यक हल्ला नफैलाउन डब्लुएचओको आग्रह

Corona-wavee

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको बारेमा अनावश्यक हल्ला फिजाइएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

डब्लुएचओले कोरोना संक्रमणको अवस्था अघिल्लो वर्षको जस्तै रहेकाले सचेत हुन आग्रह गरेको छ । पछिल्ला केही दिनयता ओमिक्रोनका बारेमा भ्रामक हल्ला फिजाइएकाले यसले आम सर्वसाधारणलाई आतंकित पाएको पनि डब्लुएचओले दाबी गरेको छ ।

डब्लुएचओका शीर्ष वैज्ञानिक सौम्या स्वामीनाथले ओमिकर्न विश्वका ४० देशमा पुगिसकेकाले अनावश्यक हल्लाको पछि लाग्नुभन्दै स्वास्थका मापदण्ड पालना गर्नु उत्तम हुने बताए । उनले कोरोनाको नयाँ स्वरुपमा देखा परेको ओमिक्रोनविरुद्ध खोप लगाउन पनि आग्रह गरेका छन् ।

दक्षिण अफ्रिकाबाट सुरु भएको भनिएको ओमिक्रोन अघिल्लो वर्षको कोरोनाकै परिवर्तित स्वरुप भएकाले स्वास्थ्य सावधानी अपनाउनु महत्वपूर्ण हुने डब्लुएचओको सुझाव छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ