बागलुङ । शरिरको अमुल्य वस्तु मध्ये रगत पनि एक हो । नेपालमा रगतको अभावमा कैयौं मानिसहरुले ज्यान गुमाएका खबरहरु हामीले बेला बखतमा सुनिरहेका र देखिरहेका छौं ।
नागरिकले स्वस्थ जीवन जिउन पाउने नैसर्गिक अधिकारलाई मध्यनजर गर्दै रोट्रयाक्ट क्लव अफ गलकोटले हटिया बजारमा एक दिने रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको लागि नेपाल रेडक्रस सोसाईटी बागलुङले प्राविधिक सहयोग गरेको थियो ।
गलकोट नगरपालिका ३ को हटिया बजारमा भएको कार्यक्रममा ९५ जनाले रक्तदान गरेका छन् । ’रक्तदान नै जीवन दान हो’ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सङ्चालन गरिएको संस्थाका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए । उनले नगरबासी नागरिक जसले रगतको अभावमा समस्या झेल्नुका साथै मृत्युको मुखमा पुग्नु पर्ने बाध्यता झेलिरहनु भएको छ उहाँहरुलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको बताए । यो आफैमा परोपकारी कार्य भएकोले नागरिकको हितमा यसले टेवा पुराउने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रमलाई सम्वोधन गर्दै गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले युवाहरुले गरेको परोपकारी कामले आफुलाई गौरव लागेको बताएकी छन् । “पछिल्लो समय ग्रामीण क्षेत्रमा युवाहरु विदेशिने क्रम बढदो छ, भएका युवाहरु पनि सामाजिक कार्यमा खासै रुचि राख्दैनन यो उदाहरणिय कार्य हो सबैले अनुसरण गर्नुपर्छ“ नगर उपप्रमुख काउचाको भनाई छ । युवाहरुले सामाजिक कार्यमा देखाएको सकृयता र रचनात्मक कार्यमा गलकोट नगरपालिकाले सदैव आवश्यक सहयोग गर्ने उनले प्रतिवद्वता समेत जनाईन् ।
सो अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका सभापति जब्बर बहादुर लामिछानेले मन्तव्य राखेका थिए । रक्तदान कार्यक्रममा गलकोट नगर स्थित कर्मचारी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, सुरक्षाकर्मी सहित सर्वसाधारण सहभागी थिए ।
क्लवले कोरोना माहामारीको समयमा जिल्लाको गलकोट नगरपालिका र तमानखोला गाउँपालिकामा हेल्प क्याम्प सञ्चालन, विपन्न परिवारलाई खाद्यान्न, लत्ताकपडा सहयोग लगायतका सामाजिक कार्यहरु सम्पन्न गरिसकेको छ । कार्यक्रम संस्थाका सचिव कमल खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
बागलुङ घुम्ने पर्यटक बढेपछि होटलमा लगानी थपिँदै
निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द
धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण
काठेखोलाका महिलालाई मौरीघार उपहार
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो