गण्डकीका थप १२ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

गण्डकीका थप १२ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

covid-19-corona

पछिल्लो २४ घण्टामा गण्डकीका १२ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १७२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका चार जिल्लाका छन् । जसअन्तर्गत कास्कीका आठ जना, नवलपुरका एक जना, बागलुङका एक जना र म्याग्दी जिल्लाका दुई जना छन्। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ९४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २९ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८६ हजार ३७० पुगेको छ। अहिले प्रदेशभर १५८ सक्रिय संक्रमित छन् ।

वुधबार गण्डकीमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। मृतक तनहुँ जिल्ला भिमाद नगरपालिका -४ निवासी ८७ वर्षीय वृद्ध छन्। आज थप भएका मृतकसँगै गण्डकीमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४२० पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds