सर्वोच्च अदालतमा आजदेखि गोला प्रणालीबाट इजलास र पेसी

सर्वोच्च अदालतमा आजदेखि गोला प्रणालीबाट इजलास र पेसी

Supreme_Court_sarbochcha_adalat_sarbocha1

काठमाडौँ । सर्वोच्च अदालतमा आज बुधबारदेखि गोला प्रणालीमार्फत इजलास र पेसी तोकिँदैछ ।

प्रधानन्यायाधीश बाहेकका न्यायाधीशहरुको फुलकोर्ट बैठकले गोला प्रथाबाट पेशी तोक्ने निर्णय गरे अनुसार आजदेखि उक्त प्रक्रिया अवलम्बन गर्न लागिएको हो ।

यसअघि प्रधानन्यायाधीशले इजलास र पेसी तोक्दै आएकोमा अब पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार नयाँ अभ्यास हुन लागेको हो।

अब न्यायाधीशले अपारदर्शी थैलीमा राखिएका समान रूप, रंग, आकार र बनोटका गोटी तान्नुपर्ने हुन्छ। वरिष्ठताका आधारमा न्याायधीशहरूले यो थैलीबाट पालैपालो गोटी निकालेर बृहत् पूर्ण र पूर्ण इजलासहरू गठन गर्छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ