काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन आजदेखि काठमाडौँमा हुँदैछ ।
कमल थापा, पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाको एकीकरण पछि हुन लागेको यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ ।
महाधिवेनशको उद्घाटन समारोह आज दिउँसो काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुनेछ ।
यो महाधिवेशनबाट राप्रपाको नयाँ नेतृत्व चयन हुनेछ । १७ गतेसम्म चल्ने महाधिवेशनबाट झण्डै चार हजार प्रतिनिधिहरूले १४७ सदस्यीय कार्य समिति चयन गर्ने राप्रपाले जनाएको छ ।
कुल १९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित १४७ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने बाँकी २५ प्रतिशत अर्थात् ५२ जना निर्वाचित कार्य समितिले मनोनित गर्ने राप्रपाको विधानमा व्यवस्था छ ।
महाधिवेशनमा अध्यक्ष पदका लागि अहिलेका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रने भएका छन् । राप्रपाले पहिलोपटक प्रदेश सभा क्षेत्रहरूबाट महाधिवेशन प्रतिनिधिहरू चयन गरेर महाधिवेशन गर्न लागेको हो ।
महाधिवेशन मंसिर १७ गतेसम्म चल्नेछ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते