धर्म परिवर्तनको गराउने पास्टरलाई २ वर्ष कैद

धर्म परिवर्तनको गराउने पास्टरलाई २ वर्ष कैद

keshab

डोल्पा । डोल्पामा धर्म परिवर्तन गराएको अभियोगमा जिल्ला अदालतले एक जनालाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

जुम्ला घर भइ अहिले पोखरा बस्दै आएका पास्टर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– २ का महिलालाई जबरजस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै जिल्ला न्यायाधीश केशवराज चपाईँको इजलासले सजाय सुनाएको हो ।

गएको वर्ष आचार्यले महिलाको उपचार गर्ने भन्दै फोटो भिडियो खिचेर प्रचारप्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो ।
उनलाई मुलुकी फौजदारी संहिताको दफा १५८ को उपदफा १, २ र ३ अनुसार अदालतले सजाय सुनाएको हो ।

आचार्य पोखरा चिप्लेढुंगास्थित प्रशस्त कटनी मण्डलका पास्टर हुन् । उनीविरुद्ध जिल्ला अदालत कास्कीमा पनि धर्मपरिवर्तनसम्बन्धी मुद्दा विचाराधीन छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds