पोखराको महतगौंडामा चार जनामाथि हतियार प्रहार गरी फरार रहेका युवक पक्राउ

पोखराको महतगौंडामा चार जनामाथि हतियार प्रहार गरी फरार रहेका युवक पक्राउ

259377661_1329813297444130_6221550811693998766_n

पोखरा।  जिल्ला प्रहरी कार्यालय कास्कीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

गत कार्तिक २० गते भाईटिकाको दिन बिहान अन्दाजी ३ बजेको समयमा पोखरा महानगरपालिका -१७ महतगौंडामा भएको आपसी विवादमा चार जनामाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएर फरार रहँदै आएका दुई युवकलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका -२० भलाम घर भइ पोखरा -१७ छोरेपाटन बस्दै आएका १९ वर्षीय गोरे भन्ने सुरज गुरुङ र सोही घटनामा संग्लग्न पोखरा -१७ हनुमान टोल बस्ने २५ वर्षीय छावा भन्ने सुशिल कार्की छन्। कार्कीलाई रुपन्देही प्रहरीको सहयोगमा बुटवलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुमाथि ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट तीन दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ