काठमाडौँ । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण हुनसक्ने भन्दै जापानले विदेशी नागरिकलाई प्रवेश निषेध गरेको छ ।
जापानले आज मङ्गलवारदेखि लागू हुने गरी विदेशी नागरिकका लागि प्रवेश निषेध गरेको हो ।
सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्थासहित विश्वका कुनै पनि देशबाट आउने यात्रुलाई प्रवेशमा रोक लगाइएको प्रधानमन्त्री फुमियो किशिदाले बताउनुभएको बीबीसीले जनाएको छ ।
जापानमा यसअघि पनि धेरैजसो नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेलाई परीक्षणमा कडाइ गरिएको थियो । नोभेम्बरको सुरुदेखि व्यवसायी, विदेशी विद्यार्थी र जापानको भिसा भएकालाई प्रवेशमा केही सहज बनाएकोमा फेरि कडाइ गरेको हो ।
यसैबीच, अस्ट्रेलिया सरकारले आउँदो बुधबार (डिसेम्बर १) देखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय तत्कालका लागि रद्द गरेको छ ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबारे थप जानकारी लिनुपर्ने भन्दै अस्ट्रेलियाले दुई हप्ता सीमा नाका बन्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री स्कट मरिसनले केही दिनअघि आउँदो बुधबारदेखि विदेशी विद्यार्थीसहित दक्ष कामदारलाई अस्ट्रेलिया प्रवेश गर्न दिने निर्णय गरेका थिए । अब कम्तीमा डिसेम्बर १५ सम्म अन्तर्राष्ट्रिय विद्यार्थी तथा विदेशी नागरिक अस्ट्रेलिया जान पाउने छैनन् ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो