नेकपा एमालेको उपाध्यक्षमा उम्मेदवारी दिएका निवर्तमान उपमहासचिव घनश्याम भुसालले पार्टीभित्र सिद्धान्त, मार्क्सवाद र विचार जिउँदो छ भन्ने कुराको हस्तक्षेप जरुरी छ भनेर आफूले उम्मेदवारी दिएको बताएका छन्।
सौरहामा सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि पत्रकार सम्मेलन गर्दै भूसालले भने, ‘पार्टीभित्र सिद्धान्त ज्युँदो छ, पार्टीभित्र मार्क्सवाद ज्युँदो छ, विचार ज्युँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी छ भनेर मैले उपाध्यक्षमा उम्मेदवारी दिएको छु ।’
नेकपा एमालेले बेलाबेलामा गल्ती गरेको र बेलैमा आफूलाई सुधारेको उनको भनाइ छ। ‘यसका कार्यकर्ता, समर्थक र शुभचिन्तकहरु जहिलेसुकै क्रान्तिको पक्षमा, परिवर्तनको पक्षमा, श्रमजीवी वर्गको पक्षमा उनीहरु खडा छन्। यिनीहरुले पार्टीलाई गल्ती गर्न दिँदैनन्,’ उनले भने, ‘कहीँ पार्टीले गल्ती गरिहाल्यो भने सुधार गर्ने लामो परम्परा छ। त्यो परम्परा नै मैले जित्ने कुराको ग्यारेन्टी हो।’
एमालेको नीति र सिद्धान्तहरु बनाउन गएको बीस वर्षदेखि आफूले निरन्तर प्रयत्न गर्दै आएको उनले बताए। नवौं महाधिवेशनदेखि औपचारिक रुपले आफ्नो विचार, सिद्धान्त र कार्यदिशा अनुसार पार्टी अगाडि बढेको उनले बताए।
अब इतिहासमा कुनै अध्यक्षले ‘लिस्ट’ पढ्नेछैन, ओली नै अन्तिम हो
भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पढेको जस्तो सूची अब कुनै कम्युनिस्ट पार्टीका अध्यक्षले नपढ्ने टिप्पणी गरे ।
‘अध्यक्षले प्रस्ताव ल्याएपनि त्यसमा असहमतहरुले लड्ने छन् भनेर करेक्सन गरेका थियौं। यद्यपि त्यो बाटो नै गलत थियो। थोरै भएपनि करेक्सन गरेका थियौं’ भुसालले भने, ‘यस्तो गल्ती अब इतिहासमा कुनै अध्यक्षले कुनै लिष्ट पढ्ने छैन्। यो अन्तिम हो। ओली कमरेडले जुन पढ्नुभयो। त्यो अन्तिम हो।’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते