अध्यक्षमा उम्मेदवारी दिँदै रावलले भने- ‘मलाई जिताइयो भने एमालेलाई बहुमत दिलाउँछुु

अध्यक्षमा उम्मेदवारी दिँदै रावलले भने- ‘मलाई जिताइयो भने एमालेलाई बहुमत दिलाउँछुु

Bhim-Rawal

भीम रावल र घनश्याम भुषालकाे कारण एमालेले चुनावबाट नेत्रित्व छान्न बाध्य बनेकाे छ । अध्यक्षका लागि उम्मेदवारी दिँदै भीम रावलले आफू निर्वाचित भए पार्टीलाई आउँदो निर्वाचनमा बहुमत दिलाउने बताएका छन्।

उम्मेदवारीपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले आफ्नो नेतृत्वमा एमाले ठूलो दल बन्ने बताए। उनले भने, ‘यदि अध्यक्षमा मलाई जिताइयो भने म दुवै निर्वाचनमा एमालेलाई बहुमत दिलाएर छाड्छु।’

रावलले आफू निश्चित मान्यतामा अडिएर सिद्धान्तका लागि लडेको बताउँदै मनोनयन नगर्ने आशंका दूर भएको बताए। ‘धेरैले घोषणा गरे पनि मनोनयन गर्न नसक्ने बताउनुहुन्थ्यो। मनोनयन गरेको छु,’ उनले भने।

आफूले समूह भने नबनाउने उनले बताए। पार्टीले प्यानल बनाएर लड्न नहुने निर्णय गरिसकेकाले त्यसमा अडिग रहेको बताउँदै सबै व्यक्तिगत रुपमा उम्मेदवारी दिइरहेको बताए।

नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादअनुसार प्रतिष्पर्धा गर्ने अधिकारको सुनिश्चिततामा आफूलाई सफलता मिलिसकेको उनको भनाइ छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ