आमाको कुटपिटबाट छोराको मृत्यु

आमाको कुटपिटबाट छोराको मृत्यु

mrita fela

मोरङ । मोरङमा आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ ।

आइतबार राति कटहरी गाउँपालिका–५ की ५५ वर्षीया आमा बातियो उरावको कुटपिटबाट उनकै छोर ३५ वर्षीय राजेन्द्रप्रसाद उरावको मृत्यु भएको हो ।

मदिरा सेवन गरेर आएपछि राजेन्द्रले पारिवारिक विवाद निकालेर शनिबार राति घरमा झगडा गरेका थिए । मदिरा सेवन गरेर आएका राजेन्द्रले विवाद गर्न थालेपछि आमाले कुटपिट गरेको मोरङ प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते राजेन्द्रलाई परिवारजनले शनिबार राती नै कोशी अस्पतालमा सामान्य उपचारपछि घर लगेका थिए ।

घटनाको बारेमा ढिलो गरी जानकारी पाएका प्रहरीले आइतबार पुनः राजेन्द्रलाई उपचारका लागि नोबेल अस्पतालमा भर्ना गराएको तर उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमा बातियोलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान बढाएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds