जाजरकोट । जाजरकोटमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ ।
नेपालगञ्जबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस राति साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ कुदुमा दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ की २४ वर्षीया सन्ध्या मल्ल शाही र उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–३ करुवाका २५ वर्षीय शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली र सप्तरीका ४० वर्षीया गंगाराम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । यादव जाजरकोटकै दीपेन्द्र आधारभूत विद्यालयमा कार्यरत कर्मचारी हुन् ।
दुर्घटनामा २७ जना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइएको छ ।
बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ ।
बस दुर्घटनाको कारण खुलेको छैन । चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेका प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो