पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन् । पहिलो चरणको मतदानमा सर्वाधिक मत ल्याएका बरालले दोस्रो चरण जीत सुनिश्चित गरे ।
पहिलो चरणमा सबैभन्दा कम मत ल्याएका ३ जनाको समर्थन पाएका उम्मेदवार सुदीपमोहन भट्टराईलाई हराउँदै कार्यकर्ताले बराललाई जिल्ला नेतृत्व सम्हाल्ने जिम्मा दिएका हुन् ।
शुक्रबार भएको निर्वाचनमा सभापतिका ५ उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएका कारण काँग्रेसको विधान अनुसार शनिबार फेरि मतदान भएको थियो । दोस्रो पटकको मतदानमा १ हजार ९ सय २६ मत खसेकामा बरालले ९ सय ९५ मत पाउँदा भट्टराई ९ सय १५ मतमा सीमित रहे । बरालले शुक्रबारको मतदानमा ६ सय ४४ र भट्टराईले ४ सय ७२ मत प्राप्त गरेका थिए ।
सभापतिको लागि बराल, भट्टराई सहित आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरिराज गौतम चुनावी मैदानमा थिए । गुरुङले ४ सय ६२, शर्माले ३ सय ३५ र गौतमले ६३ मत प्राप्त गरेका थिए ।
हारेका ३ जनाले विज्ञप्ति नै निकालेर भट्टाराईको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरेका थिए । तर, मतदाताले त्यो आग्रहलाई लत्याउँदै बराललाई सभापतिमा निर्वाचित गरे ।
आइबहादुर, पोषनाथ र गिरीराजले थोरै मत ल्याएर बाहिरिएपछि सुदीपमोहनको समर्थन गर्दै विज्ञप्ति निकालेका थिए । उनीहरूको विज्ञप्तिले कार्यकर्ताहरू भड्किएको सन्दर्भ गण्डकन्यूजले हिजै सार्वजनिक गरेको थियो । सुदीपमोहनको समर्थनमा यसरी विज्ञप्तिबाजीमै उत्रनु थियो भने पहिल्यै ३ जनाले किन सुदीपमोहनको समर्थन नगरेको ? भन्दै कार्यकर्ताहरू बिच्किएको देखिएका थिए ।

विज्ञप्तीबाजीले सुदीपमोहनलाई उल्टै घाटा हुने हो कि भन्नेमा सुदीपमोहनकै समर्थकहरू चिन्तित थिए । पहिले आफै लड्ने र हारिसकेपछि सुदीपमोहनका लागि विज्ञप्तीबाजी गर्दा दोस्रो दिन लाइनमा उभिएर मतदान गर्ने कार्यकर्ताहरु रुष्ट देखिन्थे । बरालबाहेक सबै नेता संस्थापन इतरका हुन्
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने