पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिका लागि प्रतिष्पर्धामा उत्रेका पाँच उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि पहिलाे र दाेस्राे मत ल्याउनेबीच पुनः मतदान भएकाे छ । ६४४ मत ल्याएका किशोरदत्त बराल र ४६९ ल्याएका सुदीपमोहन भट्टराईबीच निर्वाचन गरिएकाे हाे ।
पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा शनिबार बिहान १० बजेबाट सुरु मतदान ४ बजे सकिएकाेमा ७ बजेबाट मतगणना हुने भएकाे छ । पोखरा उद्योग वाणिज्य संघ हलमा सभापति र पदाधिकारी तथा सदस्यहरुको पनि मतगणना हुने भएको हो ।
कास्कीमा २ हजार ८८ मतदाता छन् । तर शुक्रबार तीमध्ये २ हजार २५ जनाले मात्रै मतदान गरेका थिए । ४७ मत भने बदर भएको थियो । पुनः मतदानमा शनिबार १९ सय २६ मत खसेको छ । नेपाली कांग्रेसको विधानले जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनैपर्ने व्यवस्था गरेको छ ।
शुक्रबारचाहिँ पहिला सभापतिका उम्मेदवारको मात्रै मतगणना गरिएको थियो । शुक्रबारको मतदान परिणाम अनुसार बराल र भट्टराई पहिलो र दोस्रो बने भने भट्टराईभन्दा केवल ७ मतका कम आउँदा आइबहादुर गुरुङ तेस्रो भए ।
केही शीर्षस्थ नेताहरुको साथ पाएका गुरुङ दोस्रो चरणको मतदानमा भाग लिनबाटै बञ्चित भए । चौथो भएका पोषनाथ शर्माले ३ सय ३५ र गिरीराज गौतमले ६३ मत ल्याए ।
सभापतिका दाबेदारमध्ये आइबहादुर अहिलेका उपसभापति, सुदीपराज सचिव र पोषनाथ पूर्वसचिव हुन् । किशोरदत्त र गिरिराजले कास्की १ बाट महाधिवेशन प्रतिनिधि जितेका हुन् । किशोरदत्तले एक नेता, एक उद्यमशीलताको नारासहित उम्मेदवारी दिएका छन् । कुनै गुटमा नरहेको भन्दै आफ्नो समूह भनेकै सिंगो नेपाली कांग्रेस भएको बताउँदै बराल चुनावी मैदानमा छन् ।
आइबहादुर, पोषनाथ र गिरीराजले थाेरै मत ल्याएर बाहिरिएपछि सुदीपमाेहनकाे समर्थन गर्दै विज्ञप्ति निकाले । उनीहरूकाे विज्ञप्तिले कार्यकर्ताहरू भड्किएका छन् । सुदीपमाेहनकाे समर्थनमा यसरी विज्ञप्तिबाजीमै उत्रनु थियाे भने पहिल्यै ३ जनाले किन सुदीपमाेहनकाे समर्थन नगरेकाे ? भन्दै कार्यकर्ताहरू बिच्किएकाे देखिए । विज्ञप्तीबाजीले सुदीपमाेहनलाई उल्टै घाटा हुने हाे कि भन्नेमा सुदीपमाेहनकै समर्थकहरू चिन्तित छन् ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने