पोखरा । कास्की प्रहरीले ठूलो मात्रामा अमेरिकी डलरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
काठमाडौँबाट पोखरा आउँदै गरेको माईक्रोबस चेकजाँच गर्ने क्रममा शुक्रबार दिउँसो पोखरा–३३, मजुवाबाट प्रहरीले एक लाख १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मुस्ताङको लो घेकर दामोदर कुण्ड–१ घर भइ पोखराको शिवालय चोक बस्ने ४२ वर्षीय छिरिङ डुन्डुक गुरुङ छन् ।
प्रहरीले बरामद गरेको रकम नेपाली दुई करोड ३२ लाख ६ हजार रुपैयाँ हुन्छ ।
पक्राउ परेका गुरुङ बारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ