रुसको कोइलाखानीमा आगलागी हुँदा ५२ जना मजदुरको मृत्यु, ४९ जना घाइते

रुसको कोइलाखानीमा आगलागी हुँदा ५२ जना मजदुरको मृत्यु, ४९ जना घाइते

aagalagi-fire

सांकेतिक तस्विर

काठमाडौँ । रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ ।

लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको मृत्यु भएको बीबीसीले जनाएको छ ।

घटनामा ४९ जना मजदुर घाइते भएका छन् । केही घाईतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

खानीमा फसेकाहरुको उद्धार गर्न गएका ६ जनाको पनि मृत्यु भएको छ ।

रुसमा पछिल्लो एक दशकमा भएको खानी दूर्घटनामा यो नै ठूलो मात्राको हताहती हो । मिथेन ग्यास निस्किरहेकाले विष्फोट हुन सक्ने भन्दैे उद्धार कार्य पनि रोकिएको छ ।

खानीका निर्देशकसहित तीन जनालाई सुरक्षामा लापरबाही गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

२८५ जना मजदुरले काम गरिरहेको खानीमा दुर्घटना भएपछि अधिकारीहरु भने भागेका थिए । राजधानी मस्कोबाट ३५ सय किलोमिटर टाढा केमेरोभो क्षेत्रमा यो खानी रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ