सर्वोच्चमा आज फुलकोर्ट बैठक बस्दै

सर्वोच्चमा आज फुलकोर्ट बैठक बस्दै

Supreme_Court_sarbochcha_adalat_sarbocha

काठमाडौँ । सर्वोच्च अदालतमा आज (बिहीबार) पूर्ण बैठक (फुलकोर्ट) बस्ने बस्दै छ । गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गर्नका लागि बैठक बोलाइएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाहेकका न्यायाधीशहरूबीच बुधबार भएको छलफलबाट बिहीबार ‘फुलकोर्ट’ बैठक राखेर गोला प्रथाबाट पेशी तोक्ने विषयमा निर्णय गर्ने सहमति भएको थियो । न्यायाधीशहरूको बैठकले १५ मंसिरदेखि गोला प्रथाबाट इजलास गठन गर्ने निर्णय पनि गरेको छ ।

गोला प्रथाबाट इजलास तोक्ने निर्णयसँगै १५ मंसिरबाट सबै मुद्दाको सुनुवाइ गर्ने सहमतिमा पनि उनीहरू पुगेका छन् । हाल न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण रिटमा मात्रै सुनुवाइ गर्दै आइरहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ