जनकपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सूर्यमा ग्रहण लागि सकेको दावी गरेका छन् ।
जनकपुरमा आज आयोजित पार्टी प्रवेश तथा पत्रकार सम्मेलनमा उनले नेकपा एमालेको सूर्यमा ग्रहण लागि सकेको भन्दै निर्वाचन पछि एमाले पत्तासाफ हुने दाबी गरे।
अध्यक्ष माधवकुमार नेपालले भने, ‘मैले भन्ने गरेको छु– अब सूर्यको धाक नदेखाए हुन्छ । त्यसमा ग्रहण लागिसकेको छ । अब कलम चम्किरहेको छ । सत्य र न्यायको सन्देश दिइरहेको छ ।’
एमालेले हिजो माओवादीसँग पार्टी एकता गरेपछि चुनाव जितेको भन्दै अब त्यसको ठिक उल्टो परिणाम आउने भएकाले केपी शर्मा ओली नेतृत्वको एमाले देशभरबाट बडारिने बताए । उनले एमालेको महाधिवेशन सकिनासाथ एमाले अध्यक्ष ओलीलाई बिचारा भन्नु पर्ने अवस्था आउने टिप्पणी गरे ।
उनले आफ्नो पार्टी लोकतन्त्र र जनताको अधिकार सहितको अभियानको साथ अगाडि बढी सकेको बताए । ओलीको दम्भका कारण एमालेको यस्तो हालत भएको भन्दै आफनो पार्टीमा जनताको प्रवेशको लहर देखेर ओली अत्तालिएर बरबराउन थालेको समेत दाबी गरे ।
अध्यक्ष नेपालले प्रदेश २ को नामाकरण जनकपुर र राजधानी पनि जनकपुर नै राख्न उपयुक्त रहेको पनि बताए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने