कांग्रेस मतगणनास्थलमा गोली चल्यो, झडपमा प्रहरीसहित ७ जना घाइते

कांग्रेस मतगणनास्थलमा गोली चल्यो, झडपमा प्रहरीसहित ७ जना घाइते

goli

दाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणनास्थलमा गोली चलेको छ ।

मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको जनाइएको छ ।

मंगलबार राति मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

प्रदर्शनसँगै झडपले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड गोली चलाउनुका साथै सात सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो । झडपका क्रममा भने दुई प्रहरीसहित ७ जना घाइते भएका छन्।

प्रहरीकाअनुसार अहिले स्थिति नियन्त्रणमा रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ