विश्वशंकर पालिखे सक्रिय राजनीतिमा होमिए, कांग्रेसको कास्की जिल्ला सदस्यमा उम्मेदवारी घोषणा

विश्वशंकर पालिखे सक्रिय राजनीतिमा होमिए, कांग्रेसको कास्की जिल्ला सदस्यमा उम्मेदवारी घोषणा

bishwoshankar

नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनका लागि विश्वशंकर पालिखेले कास्की जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । पालिखेले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । ५ दशकदेखि आफू नेपाली कांग्रेसमा आवद्ध रहेको बताउदै उनले अब भने व्यवसायिकबाट सक्रिय राजनीतिक यात्रा शुरु गरेको बताए ।

पद कहिले पनि सानो वा ठूलो नहुने भन्दै पालिखेले जिम्मेवारीबोध नै सबैभन्दा बढी महत्वपूर्ण भएको बताए । पार्टीको नीति नियमलाइ आत्मसाथ गर्दै कांग्रसलाई अझै सुदृढ र बलियो बनाउदै लैजानु आफ्नो दायित्व रहेको उनले बताए ।

प्रजातन्त्र स्थापनाका लागि पालिखे परिवारको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्र्दै उनले आफ्ना बुबा स्व.दयाशंकर पालिखे जिवन पर्यन्त पार्टीमा आवद्ध भएपनि कहिल्यै पदमोह नभएको स्मरण पनि गरे । कांग्रेसको यही मंसिर १० गते जिल्ला अधिवेशन हुँदैछ । २०२९ सालमा पृथ्वीनारायण क्यामपसबाट नेपाल विद्यार्थी संंघको सदस्यता लिएर पालिखेले राजनीतिक यात्राको थालनी गरेका थिए । त्यस्तै उनले २०४६ सालको जनआन्दोलनमा कास्की कांग्रेसको तर्फबाट सक्रिय भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै २०५७ देखि २०६० साल सम्म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा नेपाल पर्यटन वोर्डमा कार्यकारी वोर्ड सदस्य भएर पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेलेका थिए । पालिखेसंग नेपाल ट्रायथोलन संघको संस्थापक अध्यक्ष, नेपाल चीन जनमैत्री संघ पोखराको अध्यक्ष, पश्चिमाञ्चल क्षेत्रीय होटल संघ पोखराको अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष लगायत अन्य संघ संस्थाहरुको महत्वपूर्ण पदमा रहेर काम गरेको अनुभव रहेको छ । पालिखे रेडियो अन्नपूर्णको संस्थापक अध्यक्ष समेत हुन् ।

पालिखेले खेल मार्फत पर्यटन पवद्र्धन गर्न सकिन्छ भन्ने अवधारणा सहित सहित २०५० सालमा साहसिक खेल ट्रायथोलन संघको स्थापना गरेक थिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पालिखेको महत्वपूर्ण भूमिका रहेको छ । त्यस्तै जाउँ है पोखरा, पोखरा भ्रमण बर्ष २००७, उज्यालो पोखरा, पानीको मुहान शुद्धिकरण र नेपाल भेन्टिलेटर सोसाइटी कास्कीको संयोजक समेत भएर काम गरिसकेका पालिखेको सामाजिक कार्यमा महत्वपूर्ण योगदान रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ