पोखरा। पोखरामा बालबालिकाको कानमा लगाएको सुनको मुन्द्रा चोरी गर्दै हिँड्ने एक युवतीलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरको विभिन्न स्थानहरुमा अन्दाजी ५ वर्ष देखि ९ वर्षसम्मका बालबालिकालाई ललाई फकाई तथा विभिन्न डर त्रास र धम्की दिएर कानमा लगाएको सुनको मुन्द्रा चोरी गर्दै हिँड्ने एक युवतीलाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।
तिवारीका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले पीडितहरुले दिएको हुलियाका आधारमा खोजी तथा अनुसन्धान गर्दै जाँदा स्याङ्गजा जिल्ला चापाकोट नगरपालिका वडा नं -४ स्थायी घर भै हाल पोखरा -१४ चाउथे बस्दै आएकी २४ वर्षीया अम्बिका पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट सुनको मुन्द्रा १३ थान (४८ लाल ) र सुनको ६ थान मुन्द्रा (४५ लाल) वरामद गरेको छ।
पक्राउ परेकी पुलामीलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा पाँच दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता तिवारीले जानकारी दिए।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने