ड्युटी सकिएको भन्दै बीचैमा विमान अवतरण गर्ने पाइलटलाई सामान्य सोधपुछ गरिने

ड्युटी सकिएको भन्दै बीचैमा विमान अवतरण गर्ने पाइलटलाई सामान्य सोधपुछ गरिने

nepal-airlines

नेपाल एयरलाइन्सको ट्विन अटर विमान काठमाडौंबाट रुकुमको चौरजहारी पुग्नुपर्नेमा नेपालगञ्ज विमानस्थलमा अतवरण भएपछि यतिबेला पाइटलको व्यवहारका विषयमा प्रश्न उठेको छ ।

काठमाडौंदेखि रुकुमको चौरजहारीका लागि यात्रा तय गरेका यात्रुहरु पाइलटले ड्युटी सकिएको भन्दै नेपालगञ्जमा अवतरण गराएपछि पाइलटको आलोचना भएको छ ।

पाइलट पेम्बा शेर्पाको ड्यिुटी सोमबार दिउँसो ४ बजेसम्मका लागि थियो । काठमाडौंबाट रुकुमका लागि विमान उडान गरेका शेर्पाले नेपालगञ्ज माथि पुग्दा ४ बजिसकेको थियो । उनले आफ्नो ड्युटी सकिएको भन्दै यात्रुलाई नेपालगञ्ज विमानस्थलमै अवतरण गराएका थिए ।

यस विषयमा नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उक्त घटना भएको स्वीकार गर्दै पाइलटलाई सामान्य सोधपुछ मात्रै हुने बताए ।

‘घटना भएको हो, ठूलो घटना होइन, पाइलटलाई सामान्य सोधपुछ हुन्छ,’ उनले भने । पाइलटले ड्युटी आवर सकिएकाले सामान्य घटना घटेको उनको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds