सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी, ३ बालकको मृत्यु

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी, ३ बालकको मृत्यु

aago

सांकेतिक तस्वीर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ झाँक्रीटोलमा आगलागी हुँदा तीन बालकको जलेर मृत्यु भएको छ।

सोमबार साँझ सात बजेतिर स्थानीय सञ्च तामाङको ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा सञ्च तामाङको ६ वर्षीय छोरा मनोज, सोही ठाउँका सुकमान तामाङको ५ वर्षीय छोरा मनिष, सोही ठाउँका साईला तामाङको ५ वर्षीय छोरा दिलबहादुर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

गोठमा सल्किएको आगोले घर पनि जलेर नष्ट भएको छ । आगो लागे पछि बालबालिका घर बाहिर निस्कन नसक्दा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानिय र प्रहरीको सहयोगमा गएराति नै आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको छ। घटनाको सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ