गण्डकीमा १९४ को परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण, एकको मृत्यु पुष्टि

गण्डकीमा १९४ को परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण, एकको मृत्यु पुष्टि

covid-19-corona

पछिल्लो २४ घण्टामा गण्डकीका १७ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १९४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका तीन जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १० जना, नवलपुर जिल्लाका चार जना र स्याङ्गजा जिल्लाका तीन जना छन्। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ८०३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३७ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८६ हजार १८६ पुगेको छ। अहिले प्रदेशभर २०८ सक्रिय संक्रमित छन् ।

सोमबार गण्डकीमा थप एक जनाको मृत्यु पुष्टि भएको छ। आज मृत्यु पुष्टि हुनेमा म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका -३ निवासी ६१ वर्षीया महिला छिन्।

आज थप भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४०९ पुगेको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ