१८ वर्षकै उमेरमा कांग्रेसको प्रदेश अधिवेशन प्रतिनिधि

१८ वर्षकै उमेरमा कांग्रेसको प्रदेश अधिवेशन प्रतिनिधि

congress-kishori

बागलुङ । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत प्रदेश सभा अधिवेशनमा किशोर उमेरकाहरु पनि प्रतिनिधि चयन भएका छन्।

बाग्लुङमा शनिबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ’क’ अन्तर्गतको अधिवेशनमा १८ वर्षीया किशोरी उषा सापकोटा विजयी भएकी हुन्।

उनी महाधिवेशन प्रतिनिधिमध्येनै सर्वाधिक २ सय ८६ मत ल्याएर विजयी भएकी हुन् ।

बागलुङको काँठेखोला गाउपालिका–०५ स्थायी घर भएकी सापकोटा कांग्रेसकी कान्छी प्रतिनिधी मध्ये एक बनेकी छन्। उनले काठमाडौ मोडेल कलेजबाट कानुनमा प्लस टु सकेकी छन्।

सापकोटाले नेपाली राजनीतिमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको र मुलुक परिवर्तनमा अग्रणी भूमिका खेलेको हुँदा आफूले कांग्रेस पार्टीलाई रोजेको बताइन् ।

सापकोटासँगै मोरङ क्षेत्र नम्बर ६ (ख) मा पनि १८ वर्षीया रक्षा यादव सर्वसम्मतीमा प्रदेश प्रतिनिधिमा चयन भएकी छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds