पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चितवनमा यही १० देखि १२ गतेसम्म हुने १० औं महाधिवेशनलाई सफल पार्न अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले पाँच हजार विद्यार्थी चितवन उतार्ने भएको छ ।
आइतबार पोखरामा सम्पन्न पदाधिकारी बैठकले पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सफल बनाउन विभिन्न निर्णयहरुसमेत गरेको छ ।
‘पार्टी महाधिवेशनमा गण्डकीका ११ वटै जिल्लाबाट व्यापकरुपमा अनेरास्ववियुका विद्यार्थी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने छ,’ सचिव अारके पाेखरेलले भने, ‘सोहीअनुसार पदाधिकारी बैठकले निर्णय गरिसकेको छ र सकुर्लर सम्बन्धित जिल्लाहरुमा पुगिसकेको छ ।’
बैठकले महाधिवेशनको पूर्वसन्ध्यामा पोखरामा तीन हजार पाँच सय मिटर दौड प्रतियोगितासमेत आयोजना गर्ने निर्णय गरेको छ । प्रथम हुनेले नगद पाँच हजार र प्रमाणपत्र, द्वितीयले तीन हजार र प्रमाणपत्र र तृतीयले दुई हजार र प्रमाणपत्र पाउनेछन् ।
प्रदेशका ११ वटै जिल्लाका जिल्ला अस्पतालहरुमा मंसिर ८ गते सरसफाई गर्ने कार्यक्रम तय बैठकको निर्णयले गरेको छ ।
प्रदेश कमिटीले यसअघि विद्यार्थीहरुमा सिर्जनशीलता विकास गर्न ‘विपत्तीमा सहारा, विभेदमा विद्रोह’ नारासहित ‘म अनेरास्ववियु’ कार्यक्रम सञ्चालन गरिरहेको छ । अखिल हेल्पलाइन समेत खुला गरेकाे छ ।
अध्यक्ष प्रकाश पौडेलले यस्ता कार्यक्रमले अनेरास्ववियुलाई समाजमा थप सशक्त र चलायमान बनाउने विश्वास लिएको बताए ।
सम्बन्धित खबर
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन