रुपन्देही । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ (क) को मतगणना स्थलमा कुटाकुट भएको छ ।
मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा कुटाकुट भएको हो ।
सो क्रममा क्षेत्रीय सचिव पदका उम्मेदवारसहित ५ जना घाइते भएका छन् ।
घाइतेमध्ये गम्भीर अवस्थाका सैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन्। पन्तको नाकमा गहिरो चोटसहित नाकको डाँडी भाँचिएको छ ।
घाइते अन्यको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। आक्रमण भएपछि मतगणाना स्थगित भएको छ ।
प्रदेशसभा क्षेत्रीय निर्वाचनको मतगणनामा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट प्यानलले अग्रता लिएपछि अर्को पक्षले मतगणना स्थलमा आक्रमण गरेको बुझिएको छ ।
सम्बन्धित खबर
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ