थप आन्दोलनको लागि बारमा बैठक बस्दै

थप आन्दोलनको लागि बारमा बैठक बस्दै

bar-press-meet

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएका कानुन व्यवसायीहरुले थप आन्दोलन घोषणा गर्ने तयारी गरेका छन् ।

तेस्रो चरणको आन्दोलनको लागि नेपाल बार एसोसिएसनले सल्लाहकार र पदाधिकारीहरुको बैठक अहिले बार भवनमा बस्दैछ ।

आन्दोलनलाई थप कडा बनाइने र देशव्यापी बनाउने विषयमा छलफल हुने बुझिएको छ ।

बारले आज दिउँसो ३ बजेसम्म राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई ’अल्टिमेटम’ दिएको छ। जबराले राजीनामा नदिए थप सशक्त कदम चाल्ने बताइएको छ ।

प्रधानन्यायाधीश जबराको विरोधमा कानुन व्यवसायीले गएको १४ गतेदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।

समस्या समाधानका लागि जबराले संवादमा आउन आग्रह गरे पनि नेपाल बारले उनले राजीनामा दिनुपर्ने सर्त राखेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds