विश्व शौचालय दिवस मनाइँदै

विश्व शौचालय दिवस मनाइँदै

sarbajanik-sauchalaye

पोखरा । आज नोभेम्बर १९ । विश्व शौचालय दिवस । ‘शौचालयको उपयोगिता’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्र संघले सन् २०१३ देखि औपचारिक रुपमा १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको मनाउन थालेको हो ।

विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो । तर संयुक्त राष्ट्र संघका विभिन्न प्रकाशनमा जनाइए अनुसार अझै पनि ६७ करोड ३० लाख मानिसहरु खुला दिसापिसाब गर्ने उल्लेख छ ।

नेपालमा पनि ५ प्रतिशत नागरिक अझै शौचालयको पहुँचमा पुग्न सकेका छैनन् । सरकारले २०७६ साल असोज १३ गते नै नेपाललाई खुला दिसा मुक्त देश घोषणा गरे पनि अझै पनि ५ प्रतिशत नागरिक शौचालयको पहुँच भन्दा बाहिर रहेका हुन् ।

बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ । तर व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आम नागरिकले समस्या भोग्दै आएका छन् ।

सुरक्षित शौचालय नहुँदा झाडापखाला, हैजा जस्ता सरुवा रोगको जोखिम हुन्छ । शौचालयको राम्रो व्यवस्थापन र उपयोग गर्न सकेमा यस्ता सङ्क्रामक रोगबाट जोगिन सकिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ