सर्वोच्चमा कानून व्यवसायीमाथि प्रहरीको बल प्रयोग, बार अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते

सर्वोच्चमा कानून व्यवसायीमाथि प्रहरीको बल प्रयोग, बार अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते

supreme-court-jhadab

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीलाई रोक्न प्रहरीले बल प्रयोग गरेको छ ।

बिहीबार प्रधानन्यायाधीश सर्वोच्च पस्ने गरेको गेटमा कानुन व्यवसायीले अवरोध पुर्याउन खोजे पछि प्रहरीले बल प्रयोग गरेको हो ।

सो क्रममा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएको कानून व्यवसायीहरुले जानकारी दिएका छन् ।

झडपसमेत हुन थालेपछि सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रहरीले बल प्रयोग गरेपछि आन्दोलन थप चर्काउने कानुन व्यवसायीले चेतावनी दिएका छन् ।

यसैबीच सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले प्रहरीलाई दमन गर्न निर्देशन दिएको भन्दै कानुन व्यवसायीहरुले उनलाई माफी माग्न आग्रह गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds