काठमाडौँ । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आजदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्दै गर्दैछन् ।
उनले आज दिउँसो प्रधानमन्त्री देउवासँग बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै भोलि परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने कार्यक्रम छ । नेपाल बसाइका क्रममा अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्नेछन् ।
उनको नेपाल भ्रमणका क्रममा अमेरिका–नेपाल सम्बन्ध, एमसीसी सम्झौतालगायतका विषयमा छलफल हुनेछ । सन् २०१७ मा हस्ताक्षर भएको यो सम्झौता नेपालको संसदबाट अनुमोदन नहुँदा अमेरिकाले असन्तुष्टि जनाउँदै आएको छ।
उनी तीन दिने भ्रमणका क्रममा हिजो बेलुका काठमाडौँ आइपुगेका हुन्।
आजै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने कार्यक्रम छ । उनले नेपाली अधिकारी र नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ।
अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको नेपाल भ्रमण दुई देशबीच कुटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेशका अवसरमा भएको हो ।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी