सर्वोच्चमा फुलकोर्ट बोलाउन माग

सर्वोच्चमा फुलकोर्ट बोलाउन माग

Nepal-Bar-Sarbochha

काठमाडौँ । प्रधानन्यायाधिशको राजीनामा मागिरहेका सर्वोच्च अदालतका न्यायाधिशहरुले आज फुलकोर्ट अर्थात सर्वोच्चका सबै न्यायाधीश सहभागी हुने पूर्ण बैठक बोलाउन प्रस्ताव गरेका छन् ।

हिजो बसेको असन्तुष्ट न्यायाधीशहरुको बैठकमा सर्वोच्च अदालतको नियमावलीको नियम संशोधनका लागि सहमति भएसँगै त्यसलाई अनुमोदनका लागि आज फुलकोर्ट बोलाउन मुख्य रजिस्ट्रारमार्फत आग्रह गरेका हुन् । रजिस्ट्रारले प्रधानन्यायाधीशलाई जानकारी गराएपछि फुलकोर्ट आह्वान हुनेछ ।

हिजोको बैठकमा गोला प्रथाबाट इजलास तोक्ने विषयमा १४ न्यायाधीशबीच नियमावलीमा राखिने विषयहरुमा सहमति जुटेको बताइएको छ ।

न्यायालय सुधारसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरु नियमावली संशोधन सम्बन्धी कार्यविधि फुलकोर्टबाट पास भएपछि इजलासमा फर्किने बताइएको छ । तर, प्रधानन्यायाधीशको राजीनामाको अडान भने उनीहरुले कायमै राख्ने भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds