सर्वोच्चमा आज पनि कानून व्यवसायीको धर्ना जारी

सर्वोच्चमा आज पनि कानून व्यवसायीको धर्ना जारी

Nepal-Bar-Sarbochha

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीहरूले धर्ना दिएका छन् । सर्वोच्च अदालतकै हाताभित्र पुगेर कानून व्यवसायीहरू धर्ना बसेका हुन् ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् ।

प्रधानन्यायाधीश जबराले आफूले राजीनामा नदिने बताउँदै आन्दोलनरत पक्षलाई संवादमा आउन आह्वान गरेका छन् भने नेपाल बारले प्रधानन्यायाधीशसँग कुनै वार्ता नगर्ने भन्दै राजीनामा माग गर्दै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ