गण्डकीमा लागु भयो कर्मचारी सूचना प्रणाली

गण्डकीमा लागु भयो कर्मचारी सूचना प्रणाली

pis @ gandaki

पोखरा । गण्डकी प्रदेश सरकारले कर्मचारी सूचना प्रणाली लागु गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त प्रणालीको सुरुआत गरे । एकीकृत विवरण कर्मचारीको सरुवा बढुवा एकरुपता नदेखिएको भन्दै अबका दिनमा यो समस्या नआउने विश्वास उनले व्यक्त गरे ।

प्रदेशस्तरमा रहेका सबै कर्मचारीको यथार्थ विवरण राख्नका यो प्रणाली लागु गरिएको प्रमुख सचिव डा. दामोदर रेग्मीले बताए । उक्त प्रणालीमा कर्मचारीको पद विवरण, तह विवरण, सेवा, समूह, जिल्लामात्र नभएर सरुवा पत्र र टिप्पणि पत्रको ढाँचा समेत उल्लेख छ ।

गण्डकी प्रदेशमा करिब ३ हजार कर्मचारीको दरबन्दी छ । तीमध्ये २ हजार मात्र पुर्ति भएको छ । डा. रेग्मीले भने,‘कर्मचारीको सरुवा, बढुवा मात्र नभई कारवाही र पुरस्कारका लागि पनि यो प्रणाली सहयोगशिद्ध हुन्छ ।’ ७ प्रदेशमध्ये गण्डकीका यो प्रणाली पहिलोपटक लागु भएको उनले दाबी गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ