गण्डकीमा २६२ को नमुना परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि, २३ संक्रमणमुक्त

गण्डकीमा २६२ को नमुना परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि, २३ संक्रमणमुक्त

Gandaki covid corona 4

पछिल्लो २४ घण्टामा गण्डकीका २७ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २६२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका छ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १३ जना, तनहुँका एक जना, लमजुङका एक जना, नवलपुरका छ जना, बागलुङका चार जना र म्याग्दी जिल्लाका दुई जना छन्। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ६९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २३ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८५ हजार ९६४ पुगेको छ। अहिले प्रदेशभर ३३१ सक्रिय संक्रमित छन् ।

गण्डकीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १४०३ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds