प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छः राजेन्द्र महतो

प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छः राजेन्द्र महतो

Rajendra-Mahato

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका छन् ।

मंगलबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले न्यायिक विचलनको आरोप लागेका प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।

जनताले न्याय नपाउनुको कारण प्रधानन्यायाधीश नै भएको उनको ठहर छ । कानून व्यवसायी आन्दोलनमा हुँदा प्रधानन्यायाधीश मौन बस्नु राम्रो नभएको नेता महतोले बताए ।

न्यायालय असफल हुनु भनेको देश असफल हुनु भएको बताउँदै उनले न्यायालयको गरिमा जोगाउनकै लागि भए पनि राणाले राजीनामा दिनुपर्ने दोहोर्याए ।

यता पूर्वन्यायाधीशहरूले पत्रकार सम्मेलन नै गरेर जबरालाई महाअभियोग लगाउन माग गरिसकेका छन् भने नेपाल बार एसोसियसनले २३ दिनदेखि इजलास बहिस्कार गर्नेदेखि लगातार आन्दोलन गर्दै आइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds